काठमाडौं ।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौं जित निकालेको छ ।
गए राति भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले जित निकालेको हो । दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।































प्रतिक्रिया