एसी मिलानलाई पराजित गरी इन्टर मिलान सेमिफाइनलमा

एसी मिलानलाई पराजित गरी इन्टर मिलान सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टरले १० खेलाडीमा समेटिएको मिलानमाथि २–१ को पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

मिलानोमा मंगलबार राति भएको खेलमा मिलानले खेलको ३१औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो । तर मिलानले उक्त अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ५७औं मिनेटमा गोलकर्ता ज्लाटन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा सीमित बने ।

मिलान १० खेलाडीमा समेटिएको फाइनल इन्टरले उठाउन सफल भयो । खेलकाे ७१औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पेनाल्टी बक्समा राफयल लियोले निकोलो बरेल्लालाई फल गरेपछि प्राप्त पेनाल्टीमा लुकाकु चुकेनन् । ९०औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाउदै अन्तिम चारमा स्थान बनाए ।

Logo