इक्वेडर र भेनेजुएला बीचको खेल बराबरी

इक्वेडर र भेनेजुएला बीचको खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका फुटबल अन्तर्गत सोमबार बिहान भएको खेलमा भेनेजुएला र इक्वेडरले २-२ गोलको बराबरी खेलेका छन् ।

रियो दि जेनेरियोमा भएको खेलको ३९औँ मिनेटमा इक्वेडरले अग्रता लिएको थियो । तर, भेनेजुएलाले ५१औँ मिनेटमा बराबरी गोल फर्कायो ।

इक्वेडरले ७१औँ मिनेटमा पुन अग्रता लियो । त्यसपछि खेल २-१ को स्थितिमा पुगेको थियो । तर, इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा भेनेजुएलाले बराबरी गोल फर्काउँदै बराबरी गर्न सफल भएकाे हाे । 

Logo