स्वीट्जरल्यान्डको सहज जित

स्वीट्जरल्यान्डको सहज जित


जारी युरोकपमा स्विट्जरल्यान्डले टर्कीलाई पराजित गर्दै युरोपेली च्याम्पियनसिपको नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ ।

अजरबैजानस्थित बाकी ओलम्पिया स्टेडियम बाकुमा आइतबार राति भएको खेलमा स्वीट्जरल्यान्डले टर्कीलाई ३–१ ले पराजित गर्दै समूहमा तेस्रो स्थान हासिल गरेको हो । टर्की अंकविहीन हुदै समूह चरणबाटै बाहिरिएको छ । स्वीट्जरल्यान्डले खेलको छैटौं मिनेटमा नै हरिस सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । 

२६औं मिनेटमा शाकिरीले दर्शनीय गोल गर्दै अग्रता दोब्बर पारेका थिए । ६२औं मिनेटमा इरफान च्यान काभेचीले गोल अन्तर घटाउँदै टर्कीलाई खेलमा फर्कने संकेत दिए । 

६८औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीट्जरल्यान्डको २ गोलको अग्रता पुनः स्थापना गरे । 

Logo