सोमबार राति भएको खेलमा अष्ट्रिया समूह उपविजेता बन्दै जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। नेसनल एरिनामा समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
अष्ट्रियालाई जीत दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन् । जीतसँगै समूह सी मा रहेको अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो।
अष्ट्रिया पहिलो पटक युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो। अब अष्ट्रियाले अन्तिम १६ मा इटालीसँग खेल्नेछ । पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित भएको थियो।
युक्रेन भने समूहको तेस्रो स्थानमा रह्यो । युक्रेनले ३ खेलमा ३ अंक जोडेको छ। युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ। जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ।
पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ ले पराजित भएको थियो। दोस्रो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ ले हराएको थियो।































प्रतिक्रिया