युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ ।
युरोपकबाट ८ टिमले बिदाइ पाएका छन् । ६ टिम रहेको समूहचरणको खेलमा आआफ्नो समूहको पुछारमा परेपछि टर्की, रसिया, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगेरी बाहिरिएका छन् । त्यसबाहेक तेस्रो स्थानमा आएका ६ टिममध्ये स्कोरको आधारमा स्लोभाकिया र फिनल्यान्ड पनि अघिल्लो चरण पुग्न पाएनन् ।
अन्तिम १६ मा पुग्ने टोली :
समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड
समूह बी : बेल्जियम र डेनमार्क
समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक
समूह ई : स्वीडेन र स्पेन
समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल





























प्रतिक्रिया