युरोकपका ६ उत्कृष्ट गोलरक्षक

युरोकपका ६ उत्कृष्ट गोलरक्षक

केन्द्रबिन्दु
0
Shares

हरेक फुटबल प्रतियोगितामा गोलरक्षकलाई टिमको मेरुदण्डका रुपमा लिने गरिन्छ। खेलको नतिजा गोलरक्षकको भूमिकामा निर्भर रहन्छ। कतिपय खेल झनै गोलरक्षकले सम्हाल्नुपर्ने स्थिति आउन सक्छ। खेलमा पेनाल्टी आएमा गोल रोक्न गोलरक्षकले चार्तुय प्रस्तुत गर्न सक्नुपर्छ। नत्र भने खेलले अर्को निर्णायक मोड लिन सक्छ।

अहिले जारी युरोकपको १६ औं संस्करणमा केही गोलरक्षकले आफ्नो देशका लागि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्। यस भिडियोमा हामी युरोकपमा सानदार खेल देखाउने तिनै ६ गोलरक्षकको बारेमा चर्चा गर्न गइरहेका छौं।

१. म्यानुएल न्युएर (जर्मनी) 
सन् २०२० मा विश्वको सर्वश्रेष्ठ गोलकिपरको १० औं श्रेणीमा परेका गोलरक्षक हुन् म्यानुएल न्युएर। सन् १९८६ मा जर्मनीमा जन्मिएका ३५ वर्षीय न्युएर  बुन्डेस्लिगा क्लब, बायर्न म्युनिख र जर्मन राष्ट्रिय टोलीका लागि पहिलो छनोटका गोलरक्षक हुन्। उनी दुवै टिमका कप्तानसमेत हुन्।

उनको खेल शैली र गतिको कारण न्युएरलाई फुटबलको इतिहासमा सबैभन्दा महान गोलरक्षकका रुपमा चिनिन्छ। न्युएरले आफ्नो फुटबल करिअरमा थुप्रै पुरस्कार तथा ट्रफी जितेका छन्। उनले फिफा वल्र्डकप, लिग युइएफए च्याम्पियन, युइएफए सर्वश्रेष्ठ गोलकिपर र आइएफएफएचएस विश्वको सर्वश्रेष्ठ गोलकिपर पाँचपटक जितेका छन्। 

सन् २०१४ मा फिफा बलोन डी ओर अवार्डका लागि पनि न्यूएर लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पछाडि मतदानमा तेस्रो स्थानमा रहेका थिए। 

२०१८ को वल्र्डकपमा निराशाजनक प्रदर्शन गरेको जर्मनीले युरोकप २०२० भने केही आशाजनक खेल खेलेको छ। युरोकपमा तीन खेल खेलिसकेको जर्मनीको टिममा न्यूएरको प्रदर्शनलाई अब्बल ान्न सकिन्छ। युरोकपको आफ्नो दोस्रो खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको आक्रमण रोक्न न्यूएरले आफ्नो अनुभवको उच्चतम उपयोग गरेका थिए। घरेलु क्लब शाल्केबाट गोलरक्षकका रुपमा प्रवेश गरेका म्यानुयल सन् २०११ मा बार्यन म्युनिख आएका थिए। बार्यन म्युनिखले उनलाई २१ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । 

२. हुगो ल्लोरिस (फ्रान्स)
हुगो ल्लोरिस फ्रान्सेली राष्ट्रिय टिम र टोटेनहम हटस्पुरका कप्तान तथा गोल रक्षक हुन्। ल्लोरिस विश्वमा उत्कृष्ट गोल रक्षकका रुपमा चिनिएका छन्। सन् १९८६ मा जन्मेका ल्लोरिस फ्रान्स टिमको मेरुदण्डको रुपमै स्थापित छन्। फ्रान्सलाई सन् २०१८ को फिफा विश्वकप जिताउन ल्लोरिसको महत्वपूर्ण योगदान रहेको थियो। तर, फाइनल खेलमा क्रोएसियाले २ गोल लगाएकोमा एक गोल भने ल्लोरिसको आफ्नै गल्तीका कारण हुन पुगेको थियो। 

यस्तै, जारी युरोकप २०२० मा पनि फ्रान्सले आशाजनक खेल खेलिरहेको छ। फ्रान्स समूह चरणको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा समेत प्रवेश गरिसकेको छ। यसै क्रममा गोलरक्षक ल्लोरिसको महत्वपूर्ण भूमिका रहेको छ। उनले जर्मनी र हंगेरीविरुद्ध राम्रो खेल खेलेका छन्।  

ल्लोरिसले दर्जनौं उत्कृष्ट गोलकिपर अवार्ड तथा पुरस्कार जितिसकेका छन्। उनी एक अनुभवी तथा प्रभावशाली गोलरक्षक भएको कारण गोल गर्न विपक्षी टिमलाई त्यति सजिलो हुँदैन । सन् २०१२ मा टोटेनहममा आवद्ध भएका ल्लोरिसले आफ्नो फुटबल करिअर भने आफ्नै गृहनगरको क्लब ओजीसी नाइसबाट सुरु गरेका थिए। उनी टोटेनहममा आवद्ध भएकै साल टोटेनहम च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको थियो। 

३.जोर्डन पिकफोर्ड (इङ्ल्यान्ड) 
सन् १९९२ मा जन्मिएका २७ वर्षीय गोल रक्षक जोर्डन पिकफोर्ड इङ्ल्यान्डका नयाँ नायक हुन्। उनी एक अंग्रजी व्यावसायिक फुटबल खेलाडी हुन्, जो पछिल्लो सिजनमा इङ्ल्यान्डको सबैभन्दा महँगा सट–स्टपर बनेका छन्। उनी अंग्रजी क्लब एभर्टन र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक हुन्। पिकफोर्डले सन् २००९ मा इङ्ल्यान्डको उनले १६ वर्षमुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आफ्नो अन्तर्राष्ट्रिय फुटबल खेल जीवनको सुरुआत गरेका थिए। सुन्दरल्यान्ड नामक एक फुटबल क्लबको प्रशिक्षण केन्द्रमा भर्ना भएका पिकफोर्डलाई सन् २०१७ मा एभर्टनले ३० मिलियन पाउन्टमा अनुबन्धित गरेको थियो। ६ फिट १ इन्चका उनी आधुनिक गोलरक्षकका लागि तुलनात्मक रुपमा कम उचाइका छन्। तर, कसैले पनि उनको साहसको बारेमा प्रश्न उठाउन सक्दैनन्।

कतिपय खेल झनै गोलरक्षकले सम्हाल्नुपर्ने स्थिति आउन सक्छ। खेलमा पेनाल्टी आएमा गोल रोक्न गोलरक्षकले चार्तुय प्रस्तुत गर्न सक्नुपर्छ। नत्र भने खेलले अर्को निर्णायक मोड लिन सक्छ।

सन् २०१८ को फिफा विश्वकपमा कोलम्बियाविरुद्धको खेलमा माटेस उरिबेको कडा प्रहारलाई उत्कृष्ट रुपले बचाउ गरेका उनले पेनाल्टीमा कार्लोस बाक्काको प्रहार विफल बनाइदिएका थिए। आफ्नो उत्कृष्ट प्रदर्शनकै कारण उनले ‘प्लेयर अफ द सिजन’, ‘योङ प्लेयर अफ द सिजन’ र ‘प्लेयर्स प्लेयर अफ द सिजन’ को अवार्ड हात पारिसकेका छन्। 

यस्तै, जारी युरोकप २०२० मा इङ्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ। यसक्रममा इङ्ल्यान्डले दुई खेल जितेको थियो भने, एक खेल बराबरीमा सकियो। यी खेलहरुमा देखिएको पिकफोर्डको प्रदर्शनबाट  इंग्ल्यान्डले एक दशकका लागि उत्कृष्ट गोलरक्षक पाएको स्पष्ट देखिन्छ।

४. थिबाउट कोर्टुइस (बेल्जियम)
विश्व फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमले युरोकप २०२० मा सानदार प्रदर्शन गरिरहेको छ। युरोकप २०२० मा तीन खेल खेलिसकेको बेल्जियमले शतप्रतिशत नतिजा निकाल्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ। बेल्जियमले तीन खेलमा स्पष्ट ९ अंक जोड्दै समूह बी को विजेतासमेत बनेको छ। यिनै टिमको गोलरक्षक हुन्, थिबाउट कोर्टुइस। बेल्जियमले शतप्रतिशत नतिजा निकाल्नुमा उनको महत्वपूर्ण योगदान रह्यो। 

सन् १९९२ मा जन्मेका २९ वर्षे युवा गोलरक्षक कोर्टुइस बेल्जियम राष्ट्रिय टिमबाहेक स्पेनिस क्लब रियल मड्रिडका गोलरक्षकसमेत हुन्। उनी विश्वको सर्वश्रेष्ठ युवा गोलकिपरको सूचीमा पनि पर्छन्। 

कोर्टुइस सन् २०१८ मा रियल मड्रिडमा आबद्ध भएका थिए। उनी एट्लेटिको मड्रिडबाट रियल मड्रिडमा ३८.७ मिलियन युरोमा अनुबन्धित भएका थिए। सन् २०१६ मा उनी गोल्डेन ग्लोब अवार्डले सम्मानित भएका थिए। यसैगरी, सन् २०१८ को फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उनी उत्कृष्ट गोलरक्षकका रुपमा पनि गोल्डेन ग्लोबको अवार्डबाट सम्मानित भएका थिए। कोर्टुइस २०२० मा विश्वको १० सर्वश्रेष्ठ गोलरक्षकको सूचीमा परेका थिए। 

५. डेविड  डी जिया (स्पेन)
डेविड डी जिया विश्व फुटबल जगतमा उत्कृष्ट गोलरक्षकमध्येका एक चर्चित अनुहार हुन्। उनी म्यानचेस्टर युनाइटेड र स्पेनको राष्ट्रिय टिमका गोलरक्षक हुन्। जारी १६ औं संस्करणको युरोकपमा स्पेनले निराशाजनक खेलिरहेको बेला जियाको प्रदर्शनलाई भने सन्तोषजनक मानिएको छ। उनले खेल दौरानमा पेनाल्टी बचाएर आफ्नो टिमलाई हारबाट जोगाएका थिए। 

सन् १९९० मा मड्रिडमा जन्मिएका ३० वर्षीय जियाले १३ वर्षको उमेरमै एट्लेटिको मड्रिडबाट सिनियर करिअरको सुरुआत गरेका थिए। मड्रिडलाई युइएफए युुरोप लिग र युइएफए सुुपर लिग जिताउन सहयोग गरेका उनी लोकप्रिय बनेका छन्। त्यही दौरान उनीप्रति युनाइटेडको ध्यान खिचिएको थियो। त्यसैले, सन् २०११ मा उनी २०.९ मिलियन युरोमा युनाइटेडमा आबद्ध भएका थिए। 

युनाइटेडमा आवद्ध भएपछि उनले ३ सय खेलभन्दा बढी खेलिसकेका छन्। उनले क्लबलाई प्रिमियर लिग टाइटल, एफए कप, लिग कप, तीनवटा कम्युनिटी शिल्ड र युइएफए युरोपा लिग जिताउन सहयोग गरेका थिए।

६. मार्टेन स्टेकलेनवर्ग (नेदरल्यान्ड्स) 
जारी युरोकपमा शतप्रतिशत नतिजा निकालेर अन्तिम १६ मा स्थान बनाएको अर्को टिम हो नेदरल्यान्ड्स। आफ्नो समूह चरणको तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले तीन खेलमा स्पष्ट नौ अंक जोडेको छ। स्पष्ट जित निकाल्ने क्रममा नेदरल्यान्ड्सका लागि गोलरक्षक मार्टेन स्टेकलेनवर्गले महत्वपूर्ण भूमिका खेलेका छन्। 

स्टेकलेनवर्ग नेदरल्यान्ड्सको राष्ट्रिय टिम तथा एरेडिभी क्लब अजाक्सका अनुभवी गोलरक्षक हुन्। सन् १९८२ मा जन्मिएका ३८ वर्षीय स्टेकलेनवर्ग विश्वको उत्कृष्ट गोलरक्षकमध्येका एक हुन्। उनले आफ्नो फुटबल करिअर जाँडभोर्ट ७५ मा भेभीभ स्कोटेनबाट गरेका थिए। उनले दर्जनौं अवार्डका साथै पुरस्कार प्राप्त गरेका छन्। 

उनको यस अनुभवसहित युरोकपको आगामी खेलमा नेदरल्यान्ड्स उच्च मनोबलका साथ मैदानमा उत्रिने विश्वास गरिएको छ।

Skip This
Skip This
Logo