आईपीएलमा कोलकाताद्वारा पन्जाब २ रनले पराजित

आईपीएलमा कोलकाताद्वारा पन्जाब २ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यूएईमा जारी १३ औं संस्करणको आईपीएलमा कोलकाता नाइट राइडर्सले आफ्नो चौथो जित दर्ता गरेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई जम्मा २ रनले पराजित गर्दै कोलकाताले चौथो जित दर्ता गरेको हो ।

कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र जोड्न सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले पनि आफ्नो टोलीलाई जिताउन भने सकेनन् ।

पन्जाबका लागि राहुलले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा अग्रवालले ५६ रन बनाएका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

कोलकाताका लागि कप्तान दिनेश कार्तिक र सुबमन गिलले अर्धशतकीय इनिङ्स खेलेका थिए । कार्तिकले ५८ रन जोड्दा गिलले ५७ रन बनाएका थिए ।

अब कोलकाता जितसँगै तालिकाको तेस्रो स्थानमा छ । कोलकाताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाब भने ७ खेलमा २ अंक जोडेर पुछारमा छ ।

 

Skip This
Skip This
Logo