राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण

राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरि २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परीक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । उनले कोरोना देखिएका खेलाडी र अफिसियल होम आईसोलेसनमा रहेकोसमेत बताए ।

ठूलो संख्यामा खेलाडी र अफिसियलमा कोरोना संक्रमण देखिएपछि एन्फाले बन्द प्रशिक्षण एक साताका लागि स्थगित गरेको छ । एन्फाले बिहीबारबाट टिममा बन्द प्रशिक्षण सुरु हुने बताएको थियो । अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुनेछ।

एन्फाले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।

Skip This
Skip This
Logo