१७ देश विश्वकप आयोजना गर्न इच्छुक

१७ देश विश्वकप आयोजना गर्न इच्छुक

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का सन् २०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता आयोजना गर्न १७ देशले इच्छा ब्यक्त गरेका छन्।

आगमी २०२४ देखि २०३१ सम्म टि २० विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू–१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुनेछन् । ११ टेस्टसँगै ६ एसोसियट राष्ट्रले इच्छा ब्यक्त गरेका छन् । टेस्ट टोली अफगानिस्तानले भने आफ्नो नाम दिएको छैन। 

२०२४ देखि २०३१ सम्म चार टि २० विश्वकप, दुई एक दिवसिय विश्वकप र दुई च्याम्पियन्स ट्रफी गरि प्रमुख आठ पुरुष प्रतियोगिता हुनेछन् । आइसिसीले आफ्ना सदस्य राष्ट्रलाई प्रतियोगिता आयोजना टेक्निकल प्रस्तावको लागि आमन्त्रिण गरेको थियो।

अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, मलेसिया, नामिबिया, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज, अमेरिका, यूएई र जिम्बावेले प्रारम्भिक प्रस्ताव पठाएको आइसिसीले जनाएको छ। 

आगामी विश्वकप रोडम्याप सार्वजनिक गरिएको छैन। २०२४ देखि टि २० विश्वकपमा २० देशले सहभागी जनाउने छन्। २०२७ को एकदिवसिय विश्वकप देखि १४ देशले प्रतिस्पर्धा गर्ने छन्। च्याम्पियन्स ट्रफीमा आइसिसी ओडिआई वरियता शीर्ष आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। कुन प्रतियोगिता कसले आयोजना गर्ने आइसिसीको बोर्ड बैठकले छनोट गर्नेछ।

Logo