कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल भिडन्तमा अर्जेन्टिनाले १-० गोल अन्तरमा ब्राजिललाई पराजित गर्दै उपाधि जितेको हो ।
रियो दि जेनेरियो रंगशालामा आज पौने ६ बजेदेखि खेल सुरु भएको थियो। खेलको पहिलो हाफमा अर्जेन्टिनाले बनाएको एक गोलको अग्रता नै निर्णयक बन्यो ।
ब्राजिल पेरुलाई हराएर फाइनल पुगेको हो भने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको थियो।





























प्रतिक्रिया