युरोकप विजेता इटाली र कोपा विजेता अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धाको चर्चा

युरोकप विजेता इटाली र कोपा विजेता अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धाको चर्चा

केन्द्रबिन्दु
0
Shares

गत वर्ष ज्यान गुमाएका फुटबलका हस्ती डिएगो म्याराडोनाको सम्झनामा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच द्विपक्षिय खेलको योजना बनिरहेको न्युयोर्क टाइम्सका खेलकुद पत्रकार तारिक पन्जाले खुलाएका छन्।

सन् २०२० को नोभेम्बरमा बितेका म्याराडोना अर्जेन्टिना र इटाली दुवैका लागि महत्वपूर्ण हस्ती हुन्। इटालीको नापोली फुटबल क्लबका लागि कुनै समय खेलेका म्याराडोनाले अन्तर्राष्ट्रिय फुटबलमा भने अर्जेन्टिनाका लागि खेलेका थिए।

दुवै देश भर्खरै आ–आफ्नो महादेशको फुटबल टुर्नामेन्टमा विजेता बनेका छन्। 

इटाली र अर्जेन्टिना पछिल्लो पटक इटालीको न्यापल्समा सन् १९९० को विश्वकप सेमिफाइनलमा भिडेका थिए। त्यस समय सबैका आँखा म्याराडोनातर्फ थिए। इटालीलाई हराएर फाइनल पुगेको अर्जेन्टिना पश्चिम जर्मनीसँग पराजित भएको थियो। 
 

Skip This
Skip This
Logo