अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्ड विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्ड विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेसन्स लिग खेल्नु अघि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले सहज जीत निकालेको हो ।

इंग्ल्यान्डको जीतमा डोमिनिक काल्भर्ट लेविन, कोनर कोएडी र ड्यानी इंग्सले एक एक गोल गरे । ‍पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थप्दै जित हासिल गरेको हो।

स्वीडेनद्वारा रुस पराजित

त्यसैगरी गएराति नै सम्पन्‍न अर्को खेलमा स्वीडेनले रुसलाई पराजित गरेको छ । स्वीडेनले रुसलाई २–१ को जित निकालेको हो ।

स्वीडेनको जितमा एलेक्सान्डर इसाक र म्याथियस जोहान्ससनले गोल गरेका थिए । रुसका एलेक्सान्डर सोवेलेभले सान्त्वना गोल फर्काए त्यो जितका लागि पर्याप्त भएन ।

Skip This
Skip This
Logo