न्युजिल्याण्ड र अष्ट्रेलियाले विश्वकप नखेल्ने

न्युजिल्याण्ड र अष्ट्रेलियाले विश्वकप नखेल्ने


साविक विजेता अष्ट्रेलिया र न्युजिल्याण्डले रग्बी लिग विश्वकप नखेल्ने भएका छन्। अष्ट्रेलिया र न्युजिल्याण्डले बिहीबार विश्वकपबाट नाम फिर्ता लिएका छन्।

कोरोना भाइरस महामारीको कारण देखाउँदै अष्ट्रेलिया र न्युजिल्याण्डले विश्वकप नखेल्ने निर्णय गरेका हुन् । यस अघि दुबै राष्ट्रले विश्वकप २०२२ सम्मको लागि सार्न आग्रह गरेका थिए ।

इंग्ल्यान्डमा आयोजना हुने रग्बीको विश्वकप अक्टोबर २३ देखि नोभेम्बर २७ सम्म हुनेछ। दुई राष्ट्रले नाम फिर्ता लिएसँगै अब विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

Logo