टोकियो ओलम्पिक फुटबलमा अर्जेन्टिनाको यु–२३ टोलीले अष्ट्रेलियाकाे यु-२३ सँग हार बेहोरेको छ ।
बिहीबार साप्पोरो डोमीमा भएको खेलमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनाले अष्ट्रेलियासँग २–० को हार बेहोरेको हो ।
खेलको १४औं मिनेटमा लाचलान वालेसले गोल गर्दै अष्ट्रेलियालाई १–० को अग्रता दिलाए । उनले मिटचेल डुकेको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा फ्रान्सिस्को ओर्टेगा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि अर्जेन्टिनामा समस्यामा परेको थियो ।
खेल सकिन १० मिनेट बाँकी रहँदा मार्काे टिलियोले गोल गर्दै अर्जेन्टिनालाई २–० ले पराजित गरेकाे हाे ।































प्रतिक्रिया