सुटिङकी कल्पनाले जापानमा अभ्यास थालिन्

सुटिङकी कल्पनाले जापानमा अभ्यास थालिन्

केन्द्रबिन्दु
0
Shares

टोकियो ओलम्पिक खेल्न जापान पुगेकी सुटिङकी कल्पना परियारले प्रशिक्षण सुरु गरेकी छिन्। 

टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै कल्पनाले अभ्यास सत्र सुरु गरेकी हुन्। आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिनको क्वारेन्टिनको समय अनिवार्य गरेको छ।

यस अघि जुडोकी सोनिया भट्टले पनि अभ्यास सुरु गरिसकेकी छिन्। त्यस्तै महिनाको सुरुवातमा जापान पुगेका पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्जेन्डर शाहले अभ्यासलाई निरन्तरता दिइरहेका छन्।

कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । वाइल्ड कार्डबाट कल्पनाले ओलम्पिकको यात्रा तय गरेकी हुन्। टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन्।  

Logo