अलमुताइरीको राजीनामाबारे के भन्छ एन्फा?

अलमुताइरीको राजीनामाबारे के भन्छ एन्फा?

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जालमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन्। तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधिकारिक रूपमा राजीनामा नआएको जनाएको छ।
 
प्रशिक्षक अलमुताइरीले उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको घोषणा गरेको सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर उपाध्यक्ष नेम्वाङले आफूमाथि आक्षेप लगाउने षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। 

अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले आधिकारिक रुपमा प्रशिक्षकको राजीनामा नआएको बताए । प्रवक्ता किरणका अनुसार प्रशिक्षक तनावमा रहेको र आराम गर्न चाहेको भन्दै एन्फामा पुगेको बताएका छन् । 

एन्फाका उपाध्यक्ष नेम्वाङले मुख्य प्रशिक्षकले आफूलाई जोडेर राजीनामा दिन बाध्य भएको आक्षेप आगामी निर्वाचनको लागि षड्यन्त्र भएको बताएका छन् । आरोप पुष्टि भए तत्कालै राजीनामा दिने बताउँदै अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सत्य तथ्य छानविनका लागि आग्रह गरेको पनि जनाएका छन् । 

एन्फाले गत चैतमा कुवेतका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएसँगै नेपालले कुवेतमा विश्वकप छनौटका ३ खेल खेलिसकेको छ। त्यस्तै, इराकसँग एक मैत्रीपूर्ण खेल पनि खेलेको छ। साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै उनकै प्रशिक्षणमा नेपालले बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ।

Skip This
Skip This
Logo