जारी ३२ औं टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले राष्ट्रिय कीर्तिमान बनाएका छन्। टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन्। एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहे। ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए। एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन्।
यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन्। यस स्पर्धामा कुन ७१ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। एलेक्सको अर्को चरणको यात्रा सबै हिट चरणको समाप्तिपछि टुंगो लाग्नेछ। टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले सहभागी छन्।
अब गौरिका सिंहले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ। गौरिकाको प्रतिस्पर्धा बुधबार रहेको छ। गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन्।































प्रतिक्रिया