भारत र श्रीलंकाबीच बुधवार राति सम्पन्न दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी भएको छ ।
रोमाञ्चक खेलमा भारत प्रारम्भदेखि नै हावी देखिएको थियो, तर अन्तिम पाँच ओभरमा श्रीलंकाले खेल उल्टायो । भारतले पहिले ब्याटिङ गर्दै १३२–५ स्कोर बनाएको थियो ।
त्यसको जवाफमा श्रीलंकाले १९ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएकाे हाे ।भारतको तर्फबाट बुधवार चार जना खेलाडीहरुले टी–२० इन्टरनेशनलमा डेब्यू गरे । डेब्यू गर्ने खेलाडीहरुमा देवदत्त पडिक्कल, नितीश राणा, ऋतुराज गायकवाड तथा चेतन सकारिया छन् ।
भारतले पहिलो टी २० इन्टरनेशनल क्रिकेट म्याचमा आइतबार श्रीलंकालाई ३८ रनले हराएकाे थियो ।































प्रतिक्रिया