अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन्। प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका छन्।
प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन्। राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन्।
विदेशी प्रशिक्षकले एन्फाका वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा आरोप लगाउँदै राजीनामाको घोषणा गरेपछि प्रवक्ता राई पनि असन्तुष्ट छन्।





























प्रतिक्रिया