राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट


नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज (बिहीबार) बाट सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी थाल्न लागेको हो।

क्यानले १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ। लिग–२ अन्तर्गत नेपालले यस अघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरुमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने,सोमपाल कामी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, शरद भेषवाकर, आशिफ शेख, गुलशन झा, विनोद भण्डारी,करण केसीकमल सिंह ऐरी, बिक्रम शोब, अविनाश बोहरा, रोहित कुमार, शाहब आलम, शुशन भारी, पवन सर्राफ छन्।  

Logo