नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एन्फाका अनुसार दुवै खेल दशरथ रंगशालामा सेप्टेम्बर २ र ५ मा खेल्ने भएको हो। 

भारतीय फुटबल संघले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावमा एन्फाले स्वीकार गरेको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमले सो प्रतियोगिता अगाडि दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।

साफ च्याम्पियनसिपको आयोजनाका लागि एन्फाले आफ्नो तयारी तीब्र रुपमा गरिरहेको छ। त्यो अगाडि टिमलाई एक्पोजरका रुपमा दुई मैत्रीपूर्ण खेल खेलाउने योजना बनेको एन्फाले जनाएको छ। साफमा उपाधिको प्रबल दावेदार भारत पनि साफको तयारीमा छ।

नेपाल भारत अहिलेसम्म १९ पटक आमनेसामने भएका छन्। जसमा १३ खेल भारतले जितेको छ भने दुई खेलमा नेपाल विजयी भएको छ। सन् २०१३ मा काठमाडौंमा भएको साफमा नेपालले भारतलाई २-१ ले हराएको थियो। सन् २०१८ को फिफा विश्वकप छनौट अन्तर्गत मार्च २०१५ मा नेपाल र भारतले खेल्दा गोलरहित बराबरी भएको थियो।

Skip This
Skip This
Logo