जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक आज सकिँदैछ। टोकियोमा एक विशेष समारोहकाबीच टोकियो ओलम्पिकको समापन हुनेछ।
टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । ओलम्पिकको समापन समारोहमा ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ।
ओलम्पिकको अन्तिम दिनको खेल चलिरहँदा पदक तालिकामा चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको छ । आइतबारसम्म अमेरिकाले ३८ स्वर्ण, ४० रजत र ३३ कास्य पदकसहित कुल १११ पदक जितेको छ । दोस्रो स्थानको चीनले पनि ३८ स्वर्ण पदक नै जितेको छ । तर, पदक तालिकाको आधारमा अमेरिका शीर्ष स्थानमा उक्लिएको हो। चीनले ३८ स्वर्ण ३१ रजत र १८ कास्य पदकसहित कुल ८७ पदक जितेको छ।
यस्तै तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित कुल ५८ पदक जितेको छ । त्यस्तै ग्रेट ब्रिटेन २१ स्वर्ण, २१ रजत र २२ कास्य पदकसहित ६४ पदक जितेर चौंथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २७ रजत र २३ कास्य पदकसहित कुल ७० पदक जितेर पाँचौं स्थानमा रहेको छ।
अष्ट्रेलिया १७ स्वर्ण, ७ रजत र २२ कास्य पदकसहित कुल ४६ पदक जितेर छैठौं स्थानमा रहेको छ । यस्तै १० स्वर्ण पदक जित्नेमा ३ वटा राष्ट्रहरु रहेका छन् जसमा, नेदरल्याण्ड, इटाली र जर्मनी छन्।





























प्रतिक्रिया