आगामी ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिने

आगामी ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिने

केन्द्रबिन्दु
0
Shares

विश्व खेलकुदको महाकुम्भमेला ओलम्पिक खेलकुदमा क्रिकेट खेल समावेश हुने भएको छ। ओलम्पिकमा क्रिकेट सामेल गराउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पहल थालेको छ।

आईसीसीले मंगलबार ओलम्पिकमा क्रिकेट समावेश गराउन पहल थालिएको जनाएको छ । सन् २०२८ को ओलम्पिकमा क्रिकेट समावेश गर्ने लक्ष्यसहित तयारी गरिएको आईसीसीले जनाएको छ।

२०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुनेछ। आईसीसीका अध्यक्ष ग्रेग बार्कले क्रिकेटलाई ओलम्पिक खेलकुदको एक हिस्साको रुपमा चाहेको बताएका छन्।

पछिल्लो पटक सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट समावेश गरिएको थियो। त्यसपछि ओलम्पिकमा क्रिकेट समावेश गरिएको छैन।

Logo