मेस्सी र पिएसजीबीच सम्झौता

मेस्सी र पिएसजीबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गर्ने भएका छन् । मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गरेसँगै नयाँ यात्रा सुरु भएकाे हाे । 

मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका हुन्। गत बिहीबार बार्सिलोनाले मेस्सी क्लबमा नरहने बताएपछि पिएसजीसँग सम्पर्क सुरु भएको थियो । 

पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेबापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो ।

क्लबसँग सम्झौता गरेलगत्तै मेस्सीले पिएसजी आफ्नो लागि उत्तम क्लब रहेको अभिव्यक्ति दिएका छन् । 

Logo