साफ च्याम्पियनसिपको तयारी : आजदेखि बन्द प्रशिक्षण सुरु

साफ च्याम्पियनसिपको तयारी : आजदेखि बन्द प्रशिक्षण सुरु

केन्द्रबिन्दु
0
Shares

आजदेखि साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुने भएको छ । उक्त बन्द प्रशिक्षण गण्डकी प्रदेशको पोखरास्थित अन्तराष्ट्रिय रंगशालामा आजदेखि सुरु हुने प्रशिक्षण दुई सातासम्म चल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता हुने बताइएको छ । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउने छन् । प्रशिक्षणका लागि राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियल सहितको टोली मंगलबार  साँझ पोखरा पुगिसकेको छ ।

नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीमा छ। प्रतियोगिता आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा हुँदै छ । टोलीको प्रशिक्षणलाई लक्ष्य गरी कास्की जिल्ला फुटबल संघले रङ्गशालामा आवश्यक सबै तयारी पूरा गरेको छ । 

टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेल मैदान र सहारा एकेडेमीको मैदानमा अभ्यास गर्नेछ ।

Logo