काठमाडौं ।
जारी आईपीएलको पछिल्लो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गरेको छ ।
यससँगै दिल्लीले आईपीएलको शीर्ष स्थानमा आफूलाई उभ्याउन सफल पनि भएको छ ।
दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको हो।
यो जितसँगै दिल्लीले आफ्नो ५ खेलमा ८ अंक जोडेको छ । बेङ्गलोरले भने ५ खेलमा ६ अंक जोडेको छ ।





























प्रतिक्रिया