रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले क्लबले क्रिस्टियानो रोनाल्डोलाई फेरि अनुबन्ध गर्ने सम्भावना अस्वीकार गरेका छन् । रियाल मड्रिडका प्रशिक्षक एन्सेलोट्टीले रोनाल्डो क्लबमा अनुबन्धित हुने चर्चा हल्ला मात्र भएको र फर्किने सम्भावना टरेको बताएका हुन् ।
‘क्रिस्टियानो रियल म्याड्रिडका लिजेन्ड हुन् र उनीप्रति मेरो माया र सम्मान छ,’ एन्सेलोट्टीले ट्विट गरेका छन्, ‘मैले उनलाई सम्झौता गर्ने कहिल्यै विचार गरिनँ । हामी भविष्यप्रति केन्द्रित छौं ।’
स्पेनिस सञ्चारमाध्यमले रोनाल्डो स्पेनिस ला लिगा क्लब रियालमा फर्किने समाचार सार्वजनिक गरे पनि मंगलबार प्रशिक्षक एन्सेलोट्टीले त्यसको खण्डन गर्दै रोनाल्डोको फर्किने सम्भावना नरहेको बताएका हुन्।
यता क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर जाने प्रचार गर्ने मिडिया रिपोर्टप्रति आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘थोरै गफ र धेरै काम, करियरको शुरुवातदेखि नै मेरो यो मेरो सिद्धान्त रहँदै आएको छ । तर पछिल्लो समय मेरो बारेमा जे जति लेखिएका छन्, मैले मेरो कुरा स्पष्ट पार्नुपर्छ । मिडियामा मेरो भविष्यबारे तुच्छरुपमा जे लेखिएका छन्, त्यो हल्लाले त्यहाँ उल्लेख गरिएका क्लब, खेलाडी र स्टाफको अपमान गरेको छ ।’





























प्रतिक्रिया