सातदोबाटो युथ क्लबले अहिले ए डिभिजन लिगको तयारी गरिरहेको छ । सहिद स्मारक बी डिभिजन लिग च्याम्पियन हुँदै २३ वर्षपछि शीर्ष डिभिजनमा बढुवा भएसँगै ए डिभिजन लिगको तयारीमा जुटेको हो।
क्लबका अध्यक्ष कपिल राना मगरका अनुसार खेलाडी अनुबन्ध र प्रायोजक खोज्ने कामलाई क्लबले तिब्र पारेको छ ।
२०५७ मा स्थापना भएको सातदोबाटो सी डिभिजन र त्यसको १० वर्षपछि बी डिभिजनमा उक्लेको थियो । उक्त अवधिमा विमल केसी क्लबका अभिन्न सदस्य थिए, जसले आफ्नो क्लब बढुवा भएसँगै सन्यास लिएका थिए ।
केसीको टोलीले बी डिभिजन लिगमा ११ मध्ये ९ खेल जित निकाल्दै ए डिभिजन लिग खेल्ने यात्रा तय गरेको थियो । बी डिभिजन लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेका बसन्त तामाङले बलिया क्लबको चुनौतीलाई सामना गर्दै राम्रो नतिजाका लागि ए डिभिजन लिग खेल्ने बताए ।





























प्रतिक्रिया