फिफाको नयाँ वरीयतामा नेपाली महिला फुटबल टिमकाे स्थान खस्कियाे

फिफाको नयाँ वरीयतामा नेपाली महिला फुटबल टिमकाे स्थान खस्कियाे

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाली महिला फुटबल टिमको स्थान खस्किएको छ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ। यसअघि १००औं स्थानमा रहेको नेपाल अहिले १०१ औं स्थानमा झरेकाे हाे।

एशियाली स्तरमा नेपालको वरीयता २१ औं स्थानमा छ। दक्षिण एशियाली वरीयतामा भने नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत छ। विश्व वरीयतामा भने भारत ५७ औं स्थानमा छ।

Logo