ईपीएलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

ईपीएलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

केन्द्रबिन्दु
0
Shares

हिमालय टेलिभिजनले चौंथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। 

ईपीएलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने जनाएको हो । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुँदैछ । 

ईपीएलको ब्रोडकास्ट र डिजिटल अधिकार पाएको एडप्याडले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि हिमालय टेलिभिजनसँग सम्झौता गरेको छ । यस्तै ओएसआर स्पोर्ट्सले युट्युबबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

Skip This
Skip This
Logo