लेस्टरमाथि वेस्ट ह्यामकाे जीत

लेस्टरमाथि वेस्ट ह्यामकाे जीत

केन्द्रबिन्दु
0
Shares

लेस्टर सिटीमाथि सानदार जित निकाल्दै वेस्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

घरेलु मैदानमा भएकाे खेलमा वेस्ट ह्यामले १० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि ४–१ को फराकिलो जित निकालेको हो । लन्डन स्टेडियम लन्डनमा सोमबार राति भएको खेलको २६औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।  ५६औं मिनेटमा सेड बेनरहमाले गोल गर्दै वेस्ट ह्यामलाई २–० ले अघि बढाए । ६९औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै लेस्टरलाई खेलमा फर्कने संकेत दिए ।

खेलकाे ८०औं मिनेटमा मिचेल एन्टेनियोले डिक्लन राइसको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८४औं मिनेटमा मिचेल एन्टेनियोले भ्लादिमर कोउफलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै वेस्ट ह्यामलाई सानदार जित दिलाए । यो जितसँगै वेस्ट ह्याम २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । 

Logo