राष्ट्रिय महिला फुटबल टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू

राष्ट्रिय महिला फुटबल टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ। मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन्। जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राई सहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सृजना सिंह रहेका छन्।

अन्य खेलाडी भने पुरानै अनुहार छन्। यसपटक शर्मिला थापाले टोलीमा स्थान बनाउन सकिनन्। यस्तै पहिलो चरणमा कोरोना कारण रेखा पौडेल टोली बाहिर रहिन्। यस्तै घुडाको शल्यक्रिया गरेकी स्ट्राइकर साबित्रा भण्डारी साम्बासमेत टोली बाहिर छिन्।

नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ। यस्तै २१ तारिखमा हङकङको सामना गर्नेछ। यसअघि खेल नेपालमा हुने भनिए पनि कोरोना महामारीका कारण उज्वेकिस्तानमा सरेको छ।

नेपाली टिम:

गोलरक्षक: अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ ।

डिफेण्डर: अमृता जैशी, बिमल बिक, गिता राई, हिरा कुमारी भुजेल, निशा थोकर, पुजा राना, पुनम जर्घा मगर, सृजना सिंह ।

मिडफिल्डर:  अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, प्रिती राई, रजनी थोकर, रेनुका नगरकोटी, सविता राना।

स्ट्राइकर: अनिता केसी, विमला चौधरी, इन्दिरा राई,  रश्मि घिरिङ, सरु लिम्बु ।न्युज कारखानाबाट

Logo