दोस्रो टेस्टमा पाकिस्तान विजयी, सिरिज १-१ को बराबरीमा सकियाे

दोस्रो टेस्टमा पाकिस्तान विजयी, सिरिज १-१ को बराबरीमा सकियाे

केन्द्रबिन्दु
0
Shares

भ्रमण टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी भएको छ। घरेलु टोली पाकिस्तानले किङ्सटनमा वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो।

पाकिस्तानको जितसँगै दुई खेलको टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ। पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको थियो।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ३ सय २ रन जोडेको थियो। उसका फावद आलमले अविजित रहँदै १ सय २४ रनको शतकीय इनिङ्स खेले। वेस्ट इन्डिजले पहिलो इनिङ्समा मात्र १ सय ५० रन बनाउन सक्यो।

दोस्रो इनिङ्समा पाकिस्तानले १ सय ७६ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा वेस्ट इन्डिजले ३ सय २९ रनको लक्ष्य पाएको थियो।

जितका लागि ३ सय २९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ८३.२ ओभरमा २ सय १९ रनमा अल आउट भयो। 

पहिलो इनिङमा ६ र दोस्रोमा ४ गरी कुल १० विकेट लिएका शाहिन साह अफ्रिदी खेलको प्लेयर अफ द म्याच र सिरिज दुवै चुनिए।न्युज कारखानाबाट

Skip This
Skip This
Logo