लन्डन क्लब आर्सनलले इएफएल कपको दोस्रो राउन्डमा च्याम्पियन्ससिप क्लब वेस्ट ब्रुम अल्वियोनमाथि ६–० को फराकिलो जित निकालेको छ ।
दि हाथ्रोन्समा बुधबार राति भएको खेलको १७औं मिनेटमा कप्तान औवामियाङको गोलबाट आर्सनलले अग्रता लिएको थियो । ४५औं मिनेटमा औवामियाङले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । पहिलो हाफकै अन्त्यतिर निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–० ले अघि बढाए ।
दाेस्राे हाफकाे ५०औं मिनेटमा बुकायो साकाले गाल गर्दै आर्सनललाई ४–० ले अघि बढाए । ६३औं मिनेटमा कप्तान औवामियाङले ह्याट्रिक पुरा गरेपछि आर्सनल फराकिलो जिततर्फ अग्रसर बन्यो । ६९औं मिनेटमा एलेसान्द्रे लाकाजेटले गोल गर्दै आर्सनललाई ६–० को फराकिलो जित दिलाए ।































प्रतिक्रिया