जर्मन कपको पहिलो चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्यनिखले विपक्षीाकाे पोस्टमा १२ गोल गर्दै एकपक्षीय गर्दै जीत दर्ता गरेकाे छ ।
बार्यन म्युनिखले पाँचौँ डिभिजनको ब्रेमर एसभीलाई १२–० ले पराजित गरेको हो । पहिलो हाफमा पाँच गोल गरेको बार्यनले दोस्रो हाफमा थप सात गोल गरेको हो ।
११ गोल बार्यनका खेलाडी गरे भने एक गोल ब्रेमरका खेलाडीले (आत्मघाती) गरेका हुन् । चार गोल गरेका बार्यन चोउपो–मोटिङ्गले तीन गोलका लागि सहयोग गरे ।
बार्यनले सन् १९९७ यता दर्ता गरेको यो सबैभन्दा फराकिलो जित हो ।































प्रतिक्रिया