मनाङ मर्स्याङ्दीलाई टोयटाको प्रायोजन

मनाङ मर्स्याङ्दीलाई टोयटाको प्रायोजन

केन्द्रबिन्दु
0
Shares

‘ए’ डिभिजन फुटबल क्लब मनाङ मर्स्याङ्दीलाई टोयटा नेपालले प्रायोजन गरेको छ। टोयटा नेपालको आधिकारिक विक्रेता युनाईटेड ट्रेड मोटर्सले मनाङलाई दुई वर्षका लागि प्रायोजन गरेको हो। 

बिहीबार एक कार्यक्रमका बीच मनाङका महासचिव तेन्जिङ गुरुङ र युटीएसका बिजनेस रिसर्च एनालिस्ट सुर्यान्स वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार टोयटा नेपालले मनाङलाई दुई वर्षको २० लाख रुपैयाँ उपलब्ध गराउनेछ। मनाङले क्लबको आधिकारिक जर्सीमा टोयटालाई स्थान दिनेछ।

घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङको मुख्य प्रायोजकको रुपमा भने नेपाल आयल निगम रहेको छ। यस्तै केटीएम सिटी मनाङको किट्स पार्टनरको रुपमा रहेको छ। गत महिनामात्र मनाङले आधिकारिक खेल सामाग्री पार्टनरको रुपमा केटीएम सिटीसँग सम्झौता गरेको थियो।

मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारी गरिरहेको छ। यस वर्षको लिग कात्तिक २८ गतेबाट सुरु हुँदैछ। लिगका लागि मनाङले खेलाडी अनुबन्धनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। 

Logo