जर्जिन्हो बने युरोपको उत्कृष्ट खेलाडी

जर्जिन्हो बने युरोपको उत्कृष्ट खेलाडी

केन्द्रबिन्दु
0
Shares

युरोपियन वर्षको उत्कृष्ट फुटबलरको अवार्ड इटालीका जोर्गिन्होले जितेका छन । 

वर्ष २०२० मा चेल्सीबाट च्याम्पियन्स लिग जितेको उनले इटालीलाई युरोको उपाधि दिलाउन पनि महत्वपुर्ण भूमिका खेलेका थिए । 

उनले केभिड डी ब्रुइन, एंगोलो कान्टेलाई पछि पारे । युइएफए अवार्डको पछिल्लो ११ वर्षमा पहिलो पटक उत्कृष्ट खेलाडीको मनोनयनमा मिडफिल्डर परेका थिए । 

जसमा जोर्गिन्होले बाजी मार्न सफल भए । उनी क्लव र देशका लागि दुई पटक युरोपियन च्याम्पियन बनेका थिए । उनले युरोकप जितेपछि नै उनी यो वर्षको उत्कृष्ट खेलाडीको हकदार बनेका थिए । 

ब्राजिलमा जन्मिए पनि इटालीमा हुर्किएका उनको बाल्यकल निकै कठिन अवस्थामा वितेको थियो । सुरुवातमा फुटबल खेलेको देख्दा आमाले बललाई नै जलाउने गरेकोमा अहिले उनी युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । 

महिलामा बार्सिलोनाकी एलिक्सा पुटेलास उत्कृष्ट बनिन् । उनले आफ्नै टिमकी जेनिफर हेरमोेसो र लिकी मार्टिन्सलाई पछि पारिन ।  प्रशिक्षकमा चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थोमस टुसेलले जितेका छन । 

अघिल्लो सिजनमा पीएसजीबाट चेल्सीमा अनुबन्ध भएर टिमलाई युरोपियन च्याम्पियन बनाएका टुसेल वर्षको उत्कृष्ट प्रशिक्षक बने । यस्तै महिलामा बार्सिलोनाकी लुइस कोर्टेस यूइएफए वर्षको उत्कृष्ट महिला प्रशिक्षक बनिन् ।

Skip This
Skip This
Logo