रियल बेटिसमाथि शनिबार १-० को जित निकाल्दै रियल म्याड्रिड स्पेनी लिगको शीर्षस्थानमा छ । केयलिन एमबापेलाई भित्र्याउने प्रयासमा रहेको रियलका लागि डानी कारभाजालले निर्णायक गोल गरे ।
भियामा शनिबारराति भएको प्रतिस्पर्धात्मक खेलको ६१औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । भिनिसियस हुदै बेन्जेमाबाट आएको पासमा कार्भाजलले भलीमार्फत सुन्दर गोल गरे ।
यो जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।































प्रतिक्रिया