लियोनल मेस्सीले फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गरेकाे खेलमा जीत दर्ता गरेकाे छ । लिग अन्तर्गत आइतबार राति भएको रिम्ससँगकाे खेलमा पिएसजीले रिम्सलाई २–० ले पराजित गरेको छ । पिएसजीका लागि दुवै गोल केलियन एमबाप्पेले गरेका हुन् ।
उनले १६ र ६३ औँ मिनेटमा गोल गरे । मेस्सी ६६ औँ मिनेटमा नेइमार स्थानमा प्रवेश गरेका हुन् । मेस्सीले ३० नम्बरको जर्सी लगाएका थिए ।





























प्रतिक्रिया