नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न ३७ सदस्यीय भारतीय टोली आज आउँदै

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न ३७ सदस्यीय भारतीय टोली आज आउँदै

केन्द्रबिन्दु
0
Shares

नेपालविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलका लागि भारतीय फुटबल टोली आज नेपाल आउँदैछ। 

१७ र २० भदाैमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलकाे ३७ सदस्यीय टोली आउन लागेकाे अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जानकारी दिएकाे छ। दुवै खेलले फिफा मान्यता पाएका छन्।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले २५ खेलाडी तथा १२ अफिसियल साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको  बताए।  

गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआइएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो। घोषित टिमको कप्तान सुनिल क्षेत्री छन्। यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धु समेत नेपाल भ्रमणमा रहनेछन्। 

नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने  महासचिव तुलाधरले बताए। टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम छ। 

नेपालले समेत भारतविरुद्ध खेलका लागि टोली घोषणा गरिसकेको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय  टोली छनोट गरेका थिए। १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली आइतबार काठमाडौं फर्किएको हो। 

भारतीय टोलीमा काे काे छन् ?

गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम, अम्रिन्दर सिंह ।

डिफेण्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश  बोस, सेरिटन फर्नाण्डेज ।

मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेस सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह ।

स्ट्राइकर :  मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी     

 तस्बिर स्राेत : अल इन्डियन फुटबल फेडेरेशन। न्युज कारखानाबाट

Logo