जिम्बावेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारिवर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
विराटनगरले सोमबार जिम्बावेका कप्तानसमेत रहेका सिकन्दरलाई चौथो संस्करणको इपीएलका लागि अनुबन्ध गरेको हो ।
पहिलो विदेशी खेलाडीको रुपमा विराटनगरले सिकन्दरलाई अनुबन्ध गरेको हो । जिम्बावेका लागि उनले १ सय ५ एकदिवसीय अन्तराष्ट्रिय, १७ टेस्ट र ४२ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
चौथो संस्करणको इपीएल क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रियट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया