पोर्चुगलकाे जीतमा रोनाल्डोकाे कीर्तिमानी गोल

पोर्चुगलकाे जीतमा रोनाल्डोकाे कीर्तिमानी गोल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ ।

पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डका जोन इगनले हेडरमार्फत गोल गर्दै अग्रता लिए । 

एक गोलले पछि परेर हारतर्फ उन्मुख पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेका थिए । ८८ औं मिनेटमा  बराबरी गोल गरेसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए ।

इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि विजयी गर्दै रोनाल्डोले टोलीलाई जीत दिलाउन सफल रहे ।

रोनाल्डो बराबरी गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको त्यो पोर्चुगलका लागि ११० औं गोल थियो । रोनाल्डोले दोस्रो गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १११ पुर्याए ।

यस नतिजासँगै पोर्चुगलले समूहको शीर्षस्थानमा पकड कायम रहेको छ । 

Logo