स्वदेश फर्कियो भारतीय फुटबल टोली

स्वदेश फर्कियो भारतीय फुटबल टोली

केन्द्रबिन्दु
0
Shares

भारतीय फुटबल टोली स्वेदश फर्किएको छ। नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलेर भारतीय टोली आज बिहान ११ः५ बजे भारत फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

भारतीय टोली अगस्ट ३० मा दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको थियो। भारतले आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाललाई २–१ ले हराएको थियो।

पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो। अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलको हो। 

Logo