फिफा विश्वकप कतार २०२२ छनोटअन्तर्गत युरोपियन छनोटमा स्विट्जरल्यान्डसंग बराबरी खेल्दै इटालीको अपराजित यात्रा टुङ्गिएको छ ।
आइतबार राति भएको खेलमा इटालीले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएपनि इटालीले कीर्तिमान भने बनाएको छ । इटालीले ३६ खेलसम्म अपराजित रहने टिमको कीर्तिमान बनाएको हो ।
रोबर्टो मान्सिनीको टिम इटालीले सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि हार व्यहोरेको छैन ।
स्विट्जरल्यान्डसँगको बराबरीपछि इटालीले ५ खेलमा ११ अंक जोडेको छ । समूह सी को इटाली शीर्ष स्थानमा रहेको छ भने स्विट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।































प्रतिक्रिया