बालगोपाल यू–२३ टिमको प्रशिक्षकमा नियुक्त

बालगोपाल यू–२३ टिमको प्रशिक्षकमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

बालगोपाल महर्जन यू–२३ राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार महर्जनलाई यू–२३ टिमको जिम्मेवारी दिने निर्णय गरेको हो।

महर्जनको नेतृत्वमा नेपालले आसन्न एएफसी यू–२३ एसियन कप छनोट खेल्नेछ। महर्जनले यसअघि नेपालको राष्ट्रिय टिमलाई समेत हेरिसकेका छन्। सँगै रोजित केसीलाई सहायक प्रशिक्षक र ललित चन्दलाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरिएको छ।

छनोट प्रतियोगिताको समूह बीमा रहेको नेपालले इरान, लेबनान र ताजकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । नेपालले अक्टोबर २५ मा इरान, अक्टोबर २८ मा ताजकिस्तान र अक्टोबर ३१ मा लेबनानसंग खेल्दैछ । प्रतियोगिताका सबै खेल ताजकिस्तानमा हुने तय भैसकेको छ।

महर्जनको नेतृत्वमा नेपालले गत चैतमा थ्री नेसन्स कपको उपाधि जितेको थियो। कीर्तिस्तान र बंगलादेश सम्मिलित प्रतियोगितामा बालगोपालले नेपाललाई उपाधि जिताएका थिए। लगत्तै काठमाडौंमा भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा महर्जन नेतृत्वको काठमाडौंले पहिलो संस्करणको उपाधि जितेको थियो। 

Skip This
Skip This
Logo