पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड

पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड

केन्द्रबिन्दु
0
Shares

कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो । 

पहिलो हाफ गोलरहित बराबरीको अवस्था सकिँदा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । काइल वाकरको पासमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई ७२औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा डामियन  स्जिमान्स्कीले रोबर्ट लेवान्डोस्कीको पासलाई हेडमार्फत गोल गर्दै टोलीको हार टारेका हुन् । 

समूह 'आई'मा १६ अंकका साथ इंग्ल्याण्ड शीर्ष स्थानमा कायम छ । उसको ६ खेलबाट १६ अंक छ । 

अल्बानिया १२ अंकका साथ  दोस्रो स्थानमा रहँदा पोल्यान्ड ११ अंकका साथ तेस्रो, १० अंक जोडेको हंगेरी चौथो तथा तीन अंकका साथ एन्डोरा पाँचौ स्थानमा छन् ।  खाता खोल्न नसकेको सान मारिनो पुछारमा छ ।

Skip This
Skip This
Logo