बंगलादेशविरुद्ध सविता र प्रीतिको गोल

बंगलादेशविरुद्ध सविता र प्रीतिको गोल

केन्द्रबिन्दु
0
Shares

नेपालको कलिली खेलाडी प्रीति राईको गोलसँगै नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा अग्रता दोब्बर पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २२ औं मिनेटमा राईले गोल गरेकी हुन्।

सरु लिम्बूको पासमा उनले वान भर्सेस वामा बंगलादेशकी गोलरक्षक रुपना चक्मालाई बिट गर्दै सुन्दर गोल गरिन्।

त्यसअघि सविता रानाले नेपालका लागि १४ औं मिनेटमा गोल गरेकी थिइन्। अहिले खेल जारी छ।

यी दुवै टोली एएफसी वुमेन्स एसियन कप छनोटको तयारीमा छन्। यी दुई टोलीको अर्को मैत्रीपूर्ण खेल आइतबार हुने छ।
 

Logo