फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा कोलम्बिया विजयी भएको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्बियाले चिलीलाई ३–१ ले हराएको हो ।
कोलम्बियाको जितमा मिगुएल बोर्जाले २ गोल गरे भने लुईस डियाजले एक गोल गरे । खेलको १९औं मिनेटमा नै बोर्जाले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
चिलीका लागि ५६ औं मिनेटमा जिन मेनेसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । तर ७४ औं मिनेटमा लुइज डियाजले गोल गरेपछि कोलम्बिया ३–१ ले विजयी भयो ।
यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।





























प्रतिक्रिया