कप्तान राशिद खानले पदबाट राजीनामा दिएपछि आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानिस्तानको कप्तानी मोहमद नाबीले गर्ने भएका छन्।
अफगानिस्तानले विश्वकपमा अलराउण्डर नाबीले कप्तानी गर्ने जनाएको छ।
अफगानिस्तानले टिम घोषणा गरेको केही समयपछि कप्तान राशिदले पदबाट राजीनामा दिएका थिए।
युएई र ओमानमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ।
विश्वकपमा अफगानिस्तान समूह ‘बी’ मा रहेको छ । यस समूहमा भारत, पाकिस्तान र न्युजिल्याण्ड रहेका छन्।





























प्रतिक्रिया